प्रकाशमान पत्नीलाई धुलो चटाउन तयार केशव स्थापितद्वारा प्रदेशसभा सदस्यबाट राजीनामा

काठमाडौं, ११ बैशाख । बागमती प्रदेशसभा सदस्य केशव स्थापितले आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।

काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का तर्फबाट उम्मेदवार भएपछि उहाँले आफ्नो पदबाट राजीनामा दिनुभएको हो ।

उहाँले आज बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठसमक्ष लिखित राजीनामा दिएको जानकारी दिनुभयो ।

यसअघि बागमती प्रदेशसभा सदस्य विजय सुवेदीले भरतपुर महानगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिनका लागि प्रदेशसभा सदस्य पदबाट राजीनामा दिनुभएको थियो ।

उहाँहरु दुवै एमालेबाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।