ललितपुरमा पनि टुट्यो गठबन्धन, एमालेको जित सुनिश्चितजस्तै

काठमाडौं, ११ बैशाख । ललितपुरमा पाँच दलीय गठबन्धनबाट नेकपा एकीकृत समाजवादी पार्टी बाहिरिएको छ । अब ललतिपुरका पालिकाहरुमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले मात्रै चुनावी तालमेल गर्ने भएका छन् ।

नेकपा एसले महालक्ष्मी नगरपालिका र महाकाल गाउँपालिकामा मेयरको दाबी गरेको थियो । तर, माओवादी त्यसमा तयार नभएपछि सहमति हुन नसकेपछि समाजवादी गठबन्धनबाट बाहिरएको हो ।

यो सँगै समाजवादील ललितपुर महानगरपालिकामा उम्मेदवारी दर्ता गरेको छ । जसमा मेयरमा हरिकृष्ण थापा र उपमेयरमा उषा बज्राचार्य उम्मेदवार बनेका छन् ।

नेकपा एकीकृत समाजवादी बाहिरिएसँगै नेकपा एमालेलाई नतिजा आफ्नो पक्षमा पार्न सहज भएको छ ।

एमालेबाटै चाइटिएको समाजवादी गठबन्धन बाहिरिदा ललिततपुकार सै पालिकामा एमालेको जीतजस्तै बनेको हो ।