नेकपा एसको सुखद सुरुवात, निर्वाचन अघि नै डोल्पामा जित्यो गाउँपालिका अध्यक्ष

कर्णाली, १२ बैशाख । डोल्पाबाट नेकपा एकीकृत समाजवादीले विजयी यात्रा सुरु गरेको छ । जिल्लाको काइके गाउँपालिकाको अध्यक्षका उम्मेदवार अंगत कुमार राना निर्विरोध निर्वाचित भएसँगै एकीकृत समाजवादीले सुखद यात्रा सुरु गरेको हो ।

नेकपा एकीकृत समाजवादीबाट काइके गाउँपालिका अध्यक्षका उम्मेदवार राना निर्विरोध निर्वाचित भएको जिल्ला निर्वाचन डोल्पाले जनाएको छ ।

त्यस्तै उपाध्यक्षमा काँग्रेसका निमा बुढा निर्वाचित भएको जनाइएको छ । साथै उक्त गाउँपालिकाका सबै वडा अध्यक्ष निर्विरोध निर्वाचित भएको जनाइएको छ ।

डोल्पाकै सेफोक्सुन्डो गाउँपालिका अध्यक्षमा नेकपा (एमाल) का उम्मेदवार निर्विरोध निर्वाचित भएको जनाइएको छ ।