फिदिम, १२ बैशाख । नेकपा एमालेको तर्फबाट फिदिम नगरपालिकाको मेयरमा पृथ्वी लावतीले उम्मेद्वारी दर्ता गराउनु भएको छ ।
प्रभावसाली नेताका रुपमा परिचित लावतीसहित एमालेले फिदिम नगरपालिका १४ वटै वडा अध्यक्षमा उम्मेदवारी दिएको छ ।
नेता कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सोमबार उम्मेद्वारी दर्ता गराउनु भएको हो ।
उम्मेद्वारी दिदै लावतीले फिदिम नगरपालिका आफ्नो जित निश्चित भएको बताउनु भएको छ । लावती उम्मेद्वार बनेसँगै उहाँको पक्षमा जनलहर बढेको छ ।
लावतीले उम्मेद्वारी दिएसँगै नेता कार्यकर्ताहरुले उहाँलाई जितको लागि शुभकामना दिन थालेका छन् ।
फिदिम नगरपालिकामा गठबन्धनका तर्फबाट मित्रप्रसाद काफ्लेले उम्मेदवारी दर्ता गरेका छन् । उनी काफ्लेसँग पृथ्वी लावतीले प्रतिस्पर्धा गर्नेछन् ।