आठराई गाउँपालिका अध्यक्षमा गठबन्धनबाट दिलकुमार पाहिमको उम्मेदवारी, उपाध्यक्षमा इङ्नामको

  • सुमन आचार्य

तेह्रथुम, ११ बैशाख । आठराई गाउँपालिका अध्यक्षका लागि वाम-लोकतान्त्रिक गठबन्धनको तर्फबाट दिलकुमार पाहिम तथा उपाध्यक्षमा बलिराज ईङ्नामले उम्मेदवारी दर्ता गरेका छन् ।

सोमबार निर्वाचन कार्यालय पुगेर उनीहले पाँच दलिय गठबन्धनको तर्फबाट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् ।

अध्यक्षका उम्मेदवार पाहिम नेपाली कांग्रेस आठराई गाउँपालिका कार्यसमितिका सभापति हुन् । त्यस्तै उपाध्यक्षका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का नेता हुन् ।

गठबन्धनको बैठकको निर्णय अनुसार आठराई गाउँपालिकामा अध्यक्ष काँग्रेसलाई, उपाध्यक्ष माओवादी केन्द्रलाई र ७ वडामध्ये १, २, ३ र ६ मा नेपाली काँग्रेसले अध्यक्ष लिने, त्यस्तै ४ र ५ वडामा माओवादी केन्द्र र ७ मा नेकपा एकीकृत समाजवादीले अध्यक्ष लिने सहमति भएको छ ।

जसमा वडा १ मा धनबहादुर मावो, २ मा भीमकाजी चोङ्वाङ र ६ नम्बर वडामा कृष्णप्रसाद बास्कोटा अध्यक्षको प्रत्यासी भएको जनाइएको छ । यद्यपि नाम भने सार्वजनिक भइसकेको छैन । अन्य ववडाका अध्यक्षको नाम सार्वजनिक भइसकेको छैन ।