महालक्ष्मी नगरपालिका चानुवामा बिनोद भण्डारीको स्वतन्त्र उम्मेदवारी

धनकुटा, १३ बैशाख । नेकपा (एमाले)का नेता बिनोद भण्डारीले महालक्ष्मी नगरपालिका वडा नम्बर ४ चानुवामा वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ।

नेकपा एमालेले टिकट वितरणमा अन्याय गरेको भन्दै भण्डारीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उहाँले उम्मेदवारी दर्ता गराउनुभएको हो । यस वडामा नेकपा एमालेले अध्यक्षका लागि अर्कै व्यक्तिलाई टिकट दिएको छ । जो भण्डारीभन्दा जुनियर र पार्टीमा भण्डारीभन्दा कम योगदान रहेको छ ।

यही बैशाख ३० गते स्थानीय तहको निर्वाचन मुलुकभर हुँदै छ ।