काठमाडौं, १३ बैशाख । सञ्चारकर्मी रवी लामिछानेले काठमाडौं महानगरको मेयरका उम्मेदवार बालेन शाहलाई भोट मागेका छन् ।
उनले एक स्टाटस लेख्दै घुमाउरो पाराले बालेनका लागि भोट मागेका हुन् । उनले स्टाटसमा एमाले र काँग्रेस बाहेकका दल तथा व्यक्तिहरुले बालेनलाई नै भोट हाल्न भनेका छन् ।
काँग्रेस, एमाले एकतिर र बाँकी साना दलहरु त्यसको बिकल्पको खोजीमा रहेकोले ३ त्रिकोणात्मक प्रतिस्पर्धा हुन दिनुपर्ने लामिछानेले धारणा राखेका छन् । उनले यही प्रतिस्पर्धालाई कायम रहन दिन अन्य दल तथा व्यक्तिहरुले मेयरको लागि उम्मेदवारी दिनु नहुने बताएका छन् ।
‘ठुला दल कांग्रेस र एमाले एकातिर अनि विकल्प भन्दै वा खोज्दै राजनीति गरिरहेका अन्य दल र ब्यक्तीहरु अर्का तिर। जनताको म्यासेज क्लियर कट रूपमा देखिनकालागि पनि काठमाडौँमा कांग्रेस र एमाले बाहेकका दल र उमेदवारले आफ्नो उमेदवारी फिर्ता लिएर स्वतन्त्र युवा उमेदवार बालेन शाहलाई समर्थन गरि त्रिपक्षिय भिडन्तका लागि मैदान खालि गरिदिन हुन म व्यक्तिगत रुपमा अनुरोध गर्दछु।’