मनाङको नार्पाभूमि गाउँपालिका उपाध्यक्षमा एमालेका उम्मेदवार लामा निर्विरोध

गण्डकी, १३ बैशाख । नेकपा एमालेका उम्मेदवार मनाङको एक गाउँपालिकाको उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।

जिल्लाको नार्पाभूमि गाउँपालिका उपाध्यक्षमा एमालेका उम्मेदवार मिङमर फुन्चो लामा निर्विरोध निर्वाचित भएका हुन् ।

त्यहाँ लामाको मात्रै उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय मनाङले जनाएको छ । यसअघि वडा नम्बर २ को वडाध्यक्ष रहेको बताइएको छ ।

त्यस्तै गाउँपालिका अध्यक्षमा एमाले र नेपाली काँग्रेसका उम्मेदवाहरु भीड्ने बताइएको छ । कांग्रेसका कृष्णवहादुर लामाले अध्यक्षमा बागी उम्मेदवारी दिएका छन् ।

त्यस्तै सोही गाउँपालिकाको वडा नम्बर १ मा कांग्रेसका फुर्वा ठेले लामा र वडा नम्बर ४ मा स्वतन्त्र उम्मेदवार कर्मा लामा निर्विरोध निर्वाचित भएका छन् ।