आठराई एमालेको दाबी – ‘७ वटै वडासहित गाउँपालिका अध्यक्षमा पनि जित्छौँ’

तेह्रथुम, १५ बैशाख । नेकपा (एमाले)ले आठराई गाउँपालिकाका ७ वटै वडामा अध्यक्षसहित गाउँपालिका अध्यक्षमासमेत जित्ने दावी गरेको छ ।

आठराई गाउँपालिका अध्यक्षका उम्मेदवार तथा नेकपा एमालेका नेता रामचन्द्र थपलियाले एमालेले सबै वडामा अध्यक्ष जित्ने बताउदै आफू पनि विजयी हुने बताए ।

‘आठराईलाई समुन्नत विकास गर्नका लागि ७ वटै वडामा हामी जित्छौँ । हाम्रो टिमलाई त्यहाँको आवश्यकता पहिचान गर्न लगाउछौँ,’ बुधबार साझा चासोसँग कुरागर्दै उनले भने, ‘उक्त आवश्यकतालाई परिपूर्ति गर्न सिंगै टिमलाई प्रशिक्षित गराउदै सिंगो टिमलाई एकाग्र ढंगले भावनात्मक रुपबाट आठराईको मुहार फेर्नेछौँ।’

उनले हामी गर्छौ भनेर प्रतिबद्ध भएर लाग्यौँ भने हाम्रो इच्छा अकांक्षाहरु पूरा हुने जिकिर गरे ।