आठराई -६ मा नेकपा (एकीकृत समाजवादी)ले पायो एक वडा सदस्य, ओम लिम्बू उम्मेदवार

चुहानडाँडा, १६ बैशाख । नेकपा (एकीकृत समाजवादी)ले आठराई गाउँपालिका-६ चुहानडाँडामा एक वडा सदस्य पाएको छ । नेपाली काँग्रेससँग गठबन्धन गरेको नेकपा (एकीकृत समाजवादी)ले चुहानडाँडा-६ मा एक सदस्य पाएको हो । सदस्यका लागि नेकपा एसबाट समाजवादीका नेता ओम लिम्बू  (कन्दङ्वा) सदस्यका लागि चुनावी मैदानमा छन् ।

उहाँले आफ्नो उम्मेदवारी जितको लागि नै भएको बताउनुभयो । यदी निर्वाचित भएको अवस्थामा वृद्धवृद्धा, अपाङ्गको विषेश सेवाका साथै विनापूर्वाग्राह र विनाव्यक्तिगत स्वार्थका साथ वडाको समग्र बिकासलाई नै सर्वोपरी ठानेर काम गर्ने उल्लेख गर्नुभयो ।

‘वडाबासीले ममाथि कुनै पार्टीको पूर्वाग्रहमा नरही पार्टी भन्दापनि माथि रहेर एक जुझारु दाई-भाई वा दाजु-छोरा-भतिजोको रुपमाको रुपमा मलाई चुन्नु हुन्छ भन्ने बिस्वास छ,’ उहाँले भन्नुभयो, ‘यदी मलाई बिस्वास गरी उहाँहरुले जिताउनु भएको खण्डमाम हालसम्मको विकासलाई संस्थागत गर्दै नयाँ प्रविधिसँग वडालाई जोड्ने प्रयत्न गर्नेछु । कृषिमा आधुनिकीकरण र वडाबासीको हितमा लड्नेछ।’

त्यस्तै अन्य ३ सदस्य भने काँग्रेसले नै लिएको छ । काँग्रेसको तर्फबाट वडा सदस्यमा उदय कन्दङ्वा खुला, महिला सदस्यमा कल्पना तामाङ र दलित महिलामा भमा बर्देवा सदस्यको चुनावी मैदानमा छन् ।

आठराई वडा ६ चुहानडाँडामा सत्ता गठबन्धनको निर्णय अनुसार माओवादी केन्द्रले गठबन्धन नगरेको बताइएको छ ।

माओवादी गठबन्धनको निर्णय बिपरित २ वडा सदस्य लभिङ गर्दै एमालेलाई सघाउन पुगेको हो । यता काँग्रेस र नेकपा एसको साझा उम्मेदवारका लागि काँग्रेसका नेता कृष्ण बास्कोटा वडाध्यक्षको उम्मेदवार रहेका छन् । उता एमाले र माओवादी केन्द्रको साझा उम्मेदवारको रुपमा अनिल कन्दङवालाई उठाएको छ ।