भरतपुर मेयरमा एमालेलाई जितको बाटो खुल्यो, पौडेलले फिर्ता लिएनन् बागी उम्मेदवारी

चितवन, १६ बैशाख । भरतपुर महानगरका लागि नेपाली काँग्रेसका नेताले दिएको बागी उम्मेदवार फिर्ता हुन सकेन । काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जसपाको गठबनधन बैठकले भाबण्डा गरेर महानगर, उपमहानर र नगरपालिकामा तालमेल गर्ने सहमति भएको थियो । तर उक्त गठबन्धनको निर्णयलाई नै चुनौति दिँदै चितवनमा काँग्रेसका पूर्व सांसद जगन्नाथ पौडेलले दिएको बागी उम्मेदवारी समयसीमा सकिँदासम्म फिर्ता लिएका छैनन् ।

उनले निर्धारित शुक्रबार साँझ ५ बजेसम्म पनि उम्मेदवारी फिर्ता नलिएका हुन् । उनले आफूले नभइ माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले चाही उम्मेदवारी फिर्ता लिँदा न्याय हुने दाबी गरिरहेका छन् ।

उनको उम्मेदवारी फिर्ता लिनका लागि काँग्रेस र माओवादी केन्द्रले ३ दिनदेखि प्रयास गरिरहेका थिए । यद्यपि उक्त प्रयास असफल भएको हो ।

आफू चितवन कांग्रेसका कार्यकर्ताको भावनाअनुसार अघि बढेकोले उनीहरुकै साथ, सहयोग र भरोसामा अघि बढेका दाबी गरिरहेका छन् । उनले अब कार्यकर्ताको घरदैलोमा पुग्ने बताएका छन् । उनको यो अडानसँगै नेकपा एमालेलाई मेयरमा जित्नको लागि बाटो सहज बनेको छ ।

उनको बागी उम्मेदवारीले माओवादी र काँग्रेसको भोट काटिने पक्का छ । जसले रेनुको पराजयका लागि सहज हुने देखिएको छ । पछिल्लो समय माओवादी केन्द्रपनि विभाजित भएकोले चितवनमा एमालेलाई जितको लागि त्यति अप्ठ्यारो नभएको जानकारहरु बताउछन् ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!