माओवादीले वडाध्यक्षको टिकट दियो तर फिर्ता गरेर एमालेमा प्रवेश गरे रामशरण डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकामै माओवादीबाट वडा अध्यक्षको उम्मेदवार बनेको नेता एमाले प्रवेश गरेका छन् ।

नेकपा माओवादी केन्द्रको तर्फबाट काठमाडौँ महानगरपालिका वडा–१३ को वडाध्यक्षको उम्मेदवार बनेका रामशरण डंगोल एमाले प्रवेश गरेका हुन् । उनलाई माओवादी केन्द्रले वडाध्यक्षको उम्मेदवार बनाएको थियो । तर उनी उम्मेदवारी फिर्ता गराइवरी एमाले प्रवेश गरेका हुन् ।

उनलाई एक कार्यक्रमकाबीच काठमाडौँ महानगरपालिकाका मेयर उम्मेदवार केशव स्थापितले पार्टीमा प्रवेश गराएका हुन् ।

२०४३ सालदेखि निरन्तर वामपन्थी आन्दोलनमा सक्रिय रहँदै आएको उनले एमालेमा प्रवेश गर्दै माओवादी केन्द्र नातावादमा फसेको आरोप लगाए ।