काठमाडौ, १७ बैशाख । काभ्रे जिल्लाको बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरसिंह बादे श्रेष्ठले एमाले परित्याग गरेको घोषणा गरेका छन् । पुन मेयरमा उठ्ने आकांक्षामा रहेका श्रेष्ठले टिकट नपाएपछि पार्टी परित्याग गरेका हुन् ।
उनले शनिबार पत्रकार सम्मेलन आयोजना गरेर एमाले छोडेको घोषणा गरेका हुन् । उनले पूर्वमन्त्री एवं नेकपा एमाले केन्द्रीय सदस्य गोकुल बास्कोटाले बनेपाको मेयरका लागि पुन ठिकट दिने भनेर अन्तिममा आएर धोका दिएको आरोप लगाएका छन् ।
धोका दिने पार्टीमा आफू नबस्ने भन्दै उनले एमाले छोडेको बताए । बनेपाको मेयरमा एमालेले रत्नकुश रञ्जितलाई उठाउने भएको छ ।