चितवन, १७ बैशाख । बागी बनेर स्वतन्त्र उम्मेदवार बनेका भरतपुर महानगरपालिका मेयरका उम्मेदवार जगन्नाथ पौडेलले चुनावी अभियान थालेका छन् ।
काँग्रेसका समर्थकहरुका लिएर उनी चुनावी अभियानस्वरुप भरतपुरस्थित विपी कोइराल क्यान्सर अस्पतालमा रहेको विपी कोइरालको शालिकमा माल्यार्पण गरेर उनले चुनावी अभियान सुरुवात गरेका हुन् ।
गठबन्धनलाई नै चुनौति दिएर काँग्रेसबाट उम्मेदवारी दिएपछि उनलाई काँग्रेसले कारवाही गरेको थियो । कारवाही गरेसँगै उनी स्वतन्त्रबाट चुनावी मैदानमा छन् । उनलाई शनिबार निर्वाचन आयोगले भूइँकटहर चुनाव चिन्ह प्रदान गरेको छ ।
उनको चुनावी अभियानसँगै सत्ता गठबनधनका साझा उम्मेदवार रेनु दाहाललाई भरतपुर मेयरमा विजय हुन चुनौति थपिएको छ । उता नेकपा एमालेलाई भने राहत मिलेको छ ।
२०७४ को स्थानीय निर्वाचनमा एमाले करिब २ सय मतले मात्रै हारेको भरतपुरमा यो पटक ८ हजारभन्दा बढी मत भएको राप्रपासँग तालमेल गरेको छ । त्यस्तै जगन्नाथ पौडेलेका यो उम्मेदवारीले एमालेलाई जितको लागि सहज भएको छ ।