बलामी भन्छन्- ‘चन्द्रागिरी बासीलाई नि:शुल्क स्वास्थ्य सेवा दिलाउछु’, यस्ता छन् प्रतिबद्धता

काठमाडौं, १८ बैशाख । । चन्द्रागिरी नगरपालिका उपमेयरका उम्मेदवार भाई कृष्ण बलामीले आफू नेतृत्वमा आए नगरबासीलाई नि:शुल्क स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेकपा (एकीकृत समाजवादी)को तर्फबाट उपमेयर पदमा उम्मेदवारी दिएका उनले चन्द्रागिरी नगरपालिकाको समृद्धि, समुन्नत र समतामूलक समाज निर्माणको लागि आफ्नो उम्मेदवारी रहेको बताए ।

उनले प्रतिबद्धता पत्रसमेत जारी गरेका छन् । प्रतिबद्धतापत्रमा उनले नगरको शिक्षामा समग्र बिकास र सुधार ल्याउने, मासिक ३००० लिटर पानी नि:शुल्क उपलब्ध गराउने, हरेक वडामा खेलमैदान, हरेक वडामा पुस्ताकालय, सरसफाइ अभियान, जेष्ठ नागरिक र अपांगको विशेष सुरक्षा र स्याहार, करको समुचित व्यवस्थापन, एकल महिलाहरुका लागि बिषेश कार्यक्रम, आफ्नो टोल नगर आँफै बनाऔँ अभियान, जनताको अधिकार भ्रष्ट्राचारमुक्त बलियो स्थानीय सरकारको नारा बनाउने, बैदेशिक रोजगारबाट फर्किएका युवाहरुका लागि रोजगार स्थापना, आधुनिक कृषि कार्यक्रम लागु गर्ने, सबै बालबालिकाको लागि पोषण सामग्रीको व्यवस्थापन, महिलाहरुका लागि सीपमूलक र आयमूलक कार्यक्रमका साथै रोजगारीको सृजना गर्ने लगायतका प्रतिबद्धता जनाएका छन् ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!