एमाले-माओवादी गठबन्धन रहेको आठराई- ६ चुहानडाँडाद्वारा चुनावी अभियान तीव्र

तेह्रथुम, १८ बैशाख । नेकपा (एमाले) आठराई गाउँपालिका वडा – ६ चुहानडाँडाले चुनावी अभियन तीव्र पारेको छ । यतिबेला एमालेले गाउँ टोलभरी चुनावी अभियान संचालन गरिरहेको छ ।

यस वडामा नेकपा (एमाले) र (माओवादी केन्द्र)को तालमेल छ । जसमा अध्यक्षको उम्मेदवार अनिलचन्द्र कन्दङ्वा रहेका छन् । उनी नेकपा (एमाले)को तर्फबाट अध्यक्षका उम्मेदवार बनेका छन् ।

त्यस्तै सदस्यमा माओवादी केन्द्रलाई २ जना उठाइएको छ, भने बाँकी २ सदस्य नेकपा (एमाले)बाटै उम्मेदवार छन् ।

चुनवी अभियान अन्तर्गत एमालेले वडाको आहाले, बोखिम र सिमखर्कमा कार्यक्रम गरिसकेको छ ।