तेह्रथुम, १८ बैशाख । नेकपा (एमाले)ले आठराई गाउँपालिकामा जीतको सुरुवात गरेको छ । नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीको जन्म गाउँपालिकासमेत रहेको आठराईको वडा – ५ छातेढुंगामा एमालेकी एक दलित सदस्य निर्विरोध निर्वाचित भएकी हुन् ।
निर्वाचन अधिकृतको कार्यालय आठराई संक्रान्तिबजारका अनुसार निर्विरोध निर्वाचित हुनेमा निर्मला धौलाकोटी रहेकी छन् ।
दाखिला समयभित्र उनको मात्रै उम्मेदवारी परेका कारण स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २५ अनुसार निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।