पूर्वमन्त्री सम्बाहाम्फेको कटाक्ष – ‘गठबन्धन फुटेको हाँडी हो’

पाँचथर, १९ बैशाख । पूर्वमन्त्री एवं नेकपा (एमाले)का केन्द्रीय सदस्य डम्बरसिंह सम्बाहाम्फेले सत्तारुढ पाँच दलीय गठबन्धनलाई फुटेको हाँडीजस्तै भएको टिप्पणी गरेका छन् ।

पाँचथरको कुम्मायकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सम्बाहाम्फेले यस्तो टिप्पणी गरेका हुन् ।

‘एक पटक फुटेको हाँडीलाई जोड्न नसकिने सकिँदैन । त्यस्तै गठबन्धन नामको फुटेको हाँडी छ । जसले जनताका एजेण्डा विर्सेर सिमित नेताहरुको स्वार्थ र इच्छा पूर्ती गर्न गठबन्धन गरेर दलहरुले चुनाव चिन्ह किनबेच गरिरहेका छन्,’ उनले भने ।

उहाँले सिमित नेताको स्वार्थले नीति, विचार, कार्यक्रम र वर्ग नै नमिल्ने पार्टीको चुनाव चिन्हमा आफ्नो पार्टीको मूल्य र मान्यता विर्सेर चुनाव लड्नु लज्जास्पद भएको उनको भनाई छ ।

“निर्वाचन आयोगले जुन पार्टीको चिन्हमा चुनाव जितेको छ । सोही पार्टीको जनप्रतिनिधिको प्रमाणपत्र दिन्छ”, सम्बाहाम्फेले भन्नुभयो, “यस्तो अवस्थामा पार्टी कहाँ रह्यो ? सिद्धान्त र नैतिकता कहाँ बच्यो ?”

गठबन्धनले जनताको व्यक्तिगत स्वतन्त्रता समेत कुण्ठित गरेको र महिला प्रतिनिधित्वलाई कटौती गर्ने प्रयास गरेको भन्दै उहाँले नेकपा (एमाले)ले जनताको समर्थन र साथको बलमा गठबन्धनका यस प्रकारका सबै प्रयासलाई परास्त गर्ने बताए ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!