नेकपा (एस) दैलेखका उपमहासचिव सहित नेता कार्यकर्ता एमाले मै फर्किए (बिज्ञप्तिसहित)

काठमाडौं, १९ बैशाख । नेकपा (एकीकृत समाजवा)दी दैलेखका उपमहासचिव सहित केही नेता कार्यकर्ता पुरानो घर नेकपा एमाले मै फर्किएका छन् ।

माधव नेपाल नेतृत्वमा विभाजन भएको नेकपा एकीकृत समाजवादीका नेतृ अमृता लामिछानेले एक पत्र लेख्दै एमालेमै फर्किएको घोषणा गरेकी छन् ।

कम्युनिष्ट आन्दोलनकै बदनाम हुनेगरी एकीकृत समाजवादीले व्यवहारमा दक्षिणपन्थी बाटो अबलम्बन पछ्याएको भन्दै उनले पार्टी परित्याग गरेको पत्रमा उल्लेख गरेका छन् ।

लामिछानेसहित अखिल जिल्ला अध्यक्ष रोहित लामिछाने मगर पनि एमालेमै फर्किएको बताइएको छ ।

उनले सोही पत्रमार्फत अन्य नेता कार्यकर्ताहरुलाई पनि एमालेमै फर्किन आग्रह गरेकी छन् ।