लोडर दुर्घटनामा परि दुई चिनियाँ नागरिकको मृ-त्यु, चार घाइते

मकवानपुर, १९ बैशाख । । मकवानपुरको बकैयामा तराईलाई काठमाडौँ जोड्ने द्रुतमार्ग निमार्ण गर्ने क्रममा लोडर दुर्घटना हुँदा दुईको मृ-त्यु भएको छ भने चार घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत=क दुवै चिनियाँ नागरिक रहेको प्रहरीले जनाएको छ । द्रुतमार्गको काम गरिरहेको लोडर एक्कासी सिमान्त खोलामा खस्दा लोडरमा रहेका छ जनामध्ये दुई जनाको मृ-त्यु भएको जिल्लाका प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।

काठमाडौँ जोड्ने द्रुतमार्गअन्र्तगत मकवानपुरको बकैया गाउँपालिकाको–११ घटेपाख र लेनडाँढा नजिक लोडर दुर्घटना हुँदा दुईको घटनास्थलमा मृ-त्यु भएको बताइएको छ ।

मृ-तक दुई सो द्रुत मार्गमा काम गर्ने चिनियाँ नागरिक रहेको प्रवक्ता कार्कीले बताउनुभयो । घाइतेको उद्धार गरी हेटौँडा ल्याएको र उपचार भइरहेको बताइएको छ ।

मृ=तक र घाइतेको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

रासस