नेकपा (एस) परित्याग गरि एमालेमा प्रवेश गर्नेको लहर, भक्तपुरमा वडाअध्यक्षको उम्मेदवार नै एमालेमा

काठमाडौं, १९ बैशाख । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका नेताहरु एमालेमै फर्किनेको लर्को लागेको छ । सोमबार मात्रै दैलेखका जिल्ला उपमहासचिव एमाले फर्किए । त्यस्तै नवलपरासीमा पनि नेकपा एसका नेताहरु एमालेमै फर्किएका छन् ।

त्यति मात्रै नभइ भक्तपुर जिल्ला मध्यपुरथिमी नगरपालिका वडा नम्बर १ मा नेकपा एकीकृत समाजवादी पार्टीबाट वडाअध्यक्ष पदमा उम्मेदवारी दिएका शंकर कोइराला पार्टी छाडेका छन् । उनले सोमबारै पार्टी परित्याग गरेको र नेकपा एमाले प्रवेश गरेका हुन् ।

उनीसँगै वडा सदस्य पदका उम्मेदवार किरण श्रेष्ठले पनि एकीकृत समाजबादी पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेका छन् । उनीहरुले उम्मेदवारीको नामावालीबाट नामसमेत फिर्ता गरिसकेको छन् ।