उम्मेदवार निर्विरोध निर्वाचित हुनेमा एमाले बन्यो पहिलो पार्टी, अन्य दलको कति ? (लिष्टसहित)

काठमाडौं, २० बैशाख । निर्वाचन आयोगले निर्विरोध निर्वाचित हुने उम्मेदवारहरुको दलगत नामावली प्रकाशन गरेको छ । जसमा सबैभन्दा धेरै उम्मेदवार नेकपा एमालेबाट निर्विरोध निर्वाचित भएका छन् ।

आयोगका अनुसार पालिकामा एक अध्यक्ष र दुई उपाध्यक्ष निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै वडाध्यक्षमा १६ जना, वडा सदस्यमा (खुला)मा २६, महिला सदस्यमा २३ र दलित महिला सदस्यमा ५७ जना एमालेबाट निर्विरोध भएका छन् ।

त्यस्तै धेरै निर्वाचित हुनेको दोस्रो नेपाली काँग्रेसका रहेका छन् । काँग्रेसमा १ पालिका अध्यक्ष, १४ वडा अध्यक्ष, ३१ खुला सदस्य, १५ महिला सदस्य र ४० दलित महिला सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।

माओवादी केन्द्रको पालिका अध्यक्षमा निर्विरोध हुनेको संख्या शुन्य रहेको छ । त्यस्तै वडा अध्यक्षमा ३ जना, खुला सदस्यमा ५, महिला सदस्यमा ७ र दलित महिला सदस्यमा ३९ जना निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तैगरी नेकपा एकीकृत समाजवादीमा पालिका अध्यक्षमा २ जना निर्विरोध निर्वाचित भएका छन् भने पालिका उपाध्यक्षमा १ जना निर्विरोध भएका छन् । त्यस्तै ६ जना वडाध्यक्ष, १२ जना खुला सदस्य, ७ जना महिला सदस्य ६ जना दलित महिला सदस्य निर्विरोध भएका छन् ।

राप्रपाबाट २ खुला स्दस्य निर्विरोध भएका छन् । जनमुक्ति पार्टीका १ जना महिला सदस्य निर्विरोध भएका छन् । लोकतान्त्रिक समाजवादी पार्टीकी १ दलित महिला सदस्य निर्विरोध भएकी छन् । जनता समाजवादीबाट एक दलित महिला सदस्य, नेमकिपा २ दलित महिला सदस्य र स्वतन्त्रबाट ६ वडाध्यक्ष, १२ खुला सदस्य, ८ महिला सदस्य र ४ जना दलित महिला सदस्य निर्विरोध भएको निर्वाचन आयोगले जनाएको छ ।

लिष्ट