माओवादीका केही एमालेसँग मिलेपनि चुहानडाँडामा काँग्रेस-नेकपा (एस)को जीत निश्चित: नेता मैनाली

आठराई, २० बैशाख । आठराईमा गाउँपालिका – ६ चुहानडाँडामा वाम-लोकतान्त्रिक गठबन्धनको विजयी सुनिश्चित भएको काँग्रेस नेता जयप्रसाद मैनालीले दाबी गरेका छन् ।

यतिबेला राजीनीतिक दलहरुको आआफ्नै चुनावी चहलपल चुहानडाँडामा छ । यसक्रममा नेपाली काँग्रेस आठराई – ६ सभापतिसमेत रहेका जयप्रसाद मैनालीले आठराईमा ७० प्रतिशत भोट ल्याएर गठबन्धनको उम्मेदवारहरु विजयी हुने दावी गरे ।

आठराई गाउँपालिका – ६ चुहानडाँडामा भने काँग्रेस र नेकपा (एकीकृत समाजवादी)को गठबन्धन रहेको छ । उता एमालेले भने माओवादी केन्द्रलाई दुई सदस्य दिएर केही कार्यकर्तासँग तालमेल गरेको छ । यद्यपि माओवादी केन्द्रका मुख्य नेताहरु भने काँग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीकै गठबन्धनको पक्षमा रहेको नेताहरुको दावी छ ।

विगतको नेतृत्वका गल्ती र गतिविधीको मूल्यांकन गर्दै समुन्नत चुहानडाँडा र सुशासन कायम गर्नका लागि भएपनि चुहानडाँडाबासीले काँग्रेस -नेकपा (एकीकृत समाजवादी)को गठबन्धनलाई मत दिनुपर्ने उनको भनाइ छ ।

अध्यक्षमा एकातर्फ एमालेका नेता अनिल कन्दङ्वा उम्मेदवार छन् उनलाई माओवादीले सघाएको छ भने अर्को तर्फ काँग्रेसका उम्मेदवार कृष्ण बाँस्कोटा छन् । काँग्रेलाई नेकपा (एकीकृत समाजवादी) आठराई – ६ अध्यक्ष ओमकुमार कन्दङ्वाको समर्थन छ ।

काँग्रेस र नेकपा (एकीकृत समाजवादी)को गठबन्धनको प्यानलमा वडा सदस्यका लागि ओम कुमार कन्दङ्वालाई रुख चिन्हमै मत दिएर जिताउन सकिनेछ । त्यस्तै काँग्रेसका अन्य उम्मेदवारहरुमा उदय कन्दङ्वा, भमा बर्देवा दलित सदस्य र महिला सदस्यमा सञ्जुमायाँ घिसिङ सदस्यको उम्मेदवार छन् ।