चुहानडाँडाका हरेक क्षेत्र आधुनिक प्रविधिमैत्री बनाउनेछु : ओम कन्दङ्वा (प्रतिबद्धता पत्रसहित)

चुहानडाँडा, २० वैशाख । आठराई गाउँपालिका वडा नम्बर – ६ चुहानडाँडाका वडा सदस्य उम्मेदवार ओमकुमार कन्दङ्वा लिम्बूले वडालाई हरेक क्षेत्रमा आधुनिकिकरणतर्फ लैजानका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।

नेकपा (एकीकृत समाजवादी) पार्टीका वडा नम्बर – ६ कमिटी अध्यक्षसमेत रहेका कन्दङ्वाले आफूलाई निर्वाचित गरेको अवस्थाम वडालाई चौतर्फि आधुनिक बिकासतर्फ लौजाने दावी गरे ।

‘संसार अहिले प्राविधिको आविस्कारको हिसावले यति अघि बढीसक्यो । जो हामी नेपालीले पछ्याउन त के ? बनेको प्रविधिलाई प्रयोग गर्न पनि सकिरहेका छैनौँ । अब हामीले आविस्कार गर्न नसकेपनि सँगसँगै हिड्न सक्नु पर्छ,’ उनले साझा चासोसँग भने, ‘अब मेरो वडाको लागि उदेश्य पनि यही हो । मैले कृषि, शिक्षा र सामाजिक सार्वजनिक तथा जनताको दैनिक प्रयोगमा आउने, जनतालाई प्रत्यक्ष प्रभाव पार्ने विषयमा आधुनिकताको परिकल्पना गरेको छु।’

विश्व प्रविधिक रुपमा यति अघि बढेको अवस्थामा मुलुकका हरेक क्षेत्र तथा भेगहरु परम्परागत अवस्थामै रहनु दुखद भएको भन्दै अब आफ्नै टोल तथा वडाबाटै आधुनिकताको बिकास गर्नपर्ने उल्लेख गरे ।

जस्तो, इन्टरनेटको पहुँज ग्रामिण स्तरमा पुर्याउनु, शिक्षामा नयाँ आयाम दिलाउनु (प्राविधिक र व्यवहारिक), कृषिमा आधुनिकता, आर्थिक रुपमा विपन्नहरुका लागि रोजीरोटीका साथै जीविकोपार्जनका लागि स्थानीय उद्योगस्थापना जस्ता योजनाहरु आफ्नो पार्टीले लिएको कन्दङ्वाले सुनाए ।

स्वास्थय सेवाको हिसावले भौगोलिक चुनौति वडामा रहेकाले आफू सदस्यमा निर्वाचित भए विरामीहरुलाई अस्पताल लैजानका लागि मोटरसाइकल तथा एम्बुलेन्सको सुविधा उपलब्ध गराउने जस्ता कार्य टोलमा गर्ने उनको प्रतिबद्धता व्यक्त गरे ।

यसका लागि अधिकार सम्पन्न रहेको गाउँपालिका र वडा पालिकामा पहल गरि नितिगत सुधार गरेर प्रतिबद्धता कार्यन्वयन जारी गरि छाड्ने उनले अडान राखे । यद्यपि आधुनिकताको नाममा विभिन्न जातजाती धर्म संस्कृतिमा एकता रहेको जनभावनाको मनोविज्ञानमा प्रतिकुलतालाई भने ध्यानमा राख्ने उनले बताए ।

यस्ता छन् नेकपा (एकीकृत समाजवादी) अध्यक्ष  कन्दङ्वाका प्रतिवद्धताहरु

– वडाका प्रत्येक टोलका बस्ती बस्तीमा इन्टरनेट बिस्तार । जडित विजुलीको लाईनकै आधारमा केवुल तथा इन्टरनेट फाइबरहरुको उपलब्ध गराउने । जसका लागि लगानीको वातावरण मिलाउने ।

– वडाको (प्राइम लोकशन) मुख्य स्थानमा ११ साईजको फुटबल खेल मैदान, त्यस्तै चाख अनुसारको व्याडमिन्टन, टेवल टेनिस, भलिवल क्रिकेट इत्यादी शारीरिक तथा खेलकुदको भौतिक पूर्वाधार निर्माण गरिने ।

– वडाका हरेक बस्ती तथा साविकको वडामा स्वच्छ खानेपानीको व्यवस्था, जसका लागि भइरेकाको स्तरोन्नती र निर्माणाधीन खानेपानीका आयोजना समयमै निर्माण पूरा गरेर घर-घरका धारामा स्वच्छ पानी झार्ने, चर्पीको समुचित प्रयोगको जनचेतना गराई स्वच्छ र स्वास्थ्य गाउँ निर्माण गर्ने ।

– अस्वस्थ, बृद्ध बृद्धाको स्वास्थ्यको ख्याल गर्दै उनीहरुको स्वास्थ्य उपचारका लागि व्यवस्था गरिने, जसका लागि एम्बुलेन्स, सम्भव हुने अवस्थामा मोटरसाइकलमार्फत नै विरामीलाई उपलब्ध अस्पतालसम्म पुर्याउने ।

– शिक्षामा आधुकिताको जोड, व्यवहारिक र प्राविधिक शिक्षामा विशेष जोड दिइने । वर्तमान शिक्षा पद्दतिको सवल र दुर्वल पक्षको लोखाजोखा गरेर दुर्वल पक्षको अन्त्य हुनेगरी सवल पक्षलाई भरपुर जोड दिने । 

– कृषिमा नविनतम प्रयोग : माटो र हावापानी मैत्री बाली, प्राविधिकको मूल्यांकन र अनुसन्धान अनुसार उन्नत जातका बाली लगाउने व्यवस्था, वृक्षरोपण भइरहेका बोटविरुवाको संरक्षण । बाँजो र सुख्खा क्षेत्रमा पुन खेती लगाउने सिचाइका व्यवस्था । लगाइएका कृषि र बालीका मलको आवश्यक मलको व्यवस्था । माछा पालन गर्ने कृषकका लागि आवश्यक पूर्वाधार उपलब्ध गराउने।

– ग्रमिण क्षेत्रका सडकको ट्रयाकको स्तरोन्ती, स्थानीयको आवश्यक अनुसार थप सडक निर्माण ।

– सार्वजनिक महत्वको कार्यहरुमा स्थानीय र सरोकारवालासँग वृहत छलफल गर्ने र छलपलको निष्कर्षको आधारमा मात्रै कार्यन्वयन । नेपाल सरकारमार्फत उपलब्ध सेवा र सुविधा ग्रहण प्रक्रियामा आम जनता भेला गराई तर्कवितर्क गराई गरिएको सामूहिक निर्णपछि मात्रै कार्यन्वयन ।

– वडाको सम्पूण पर्यटकीय स्थलहरु पहिचान गरेर त्यसको सम्बद्र्धन, प्रवद्र्धन र संरक्षण गरिने । काजीमान कन्दङ्वाको सालिक निर्माण कार्य निर्धारित समयमा पूरा गर्न खबरदारी गर्ने ।

– वडाका विभिन्न जातजातीका, धर्म, संस्कृति, परम्परा, भेषभूषा, बाजागाज, रितिरिवाजको संसक्षण, प्रवद्र्धन र बिकास गरिने । जस्तै लिम्बूको केलाङ, लिम्बूमै सत्यहाङ र विभिन्न प्रकारका धार्मिक आस्थालाई कदर गर्ने, तामाङ्को सेलो, क्षेत्री तथा ब्राम्हणका लागि संगीनी नाचको बिकासम जोड ।

– स्थानीय उत्पादन र स्रोत साधनको समुचित व्यवस्थापन गर्दै उद्योगको स्थापना गर्ने । जसबाट विपन्न र गरिब परीबका सदस्यलाई श्रम (जागिर)को व्यवस्था गर्ने ।

– (एकेडेमिक क्वालिफिकेशन) शैक्षिक योग्यता अनुसार रोजगारीको व्यवस्था मिलाउने ।

– बिजुलीको नियमित सेवाका उपलब्ध गराउनका लागि भरपुर जोड दिइने । त्यसको भौतिक व्यवस्थापनमा चुस्तता कायम गर्ने ।

पार्टीगत मात्रै नभइ क्षमता र कुशलता पनि हेर्नुस्

१८ वर्षअघि कम्युनिष्ट पार्टी एमालेको सदस्य भएका ओमकुमार कन्दङ्वा पछिल्लो समय पार्टी विभाजित हुँदा माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका थिए ।

वडामा प्रखर नेताको रुपमा परीचित उनी हक्की र निडर स्वभावका छन् । उनी आफू यसपट सदस्यमा निर्वाचित हुनेमा पूर्ण ढुक्क रहेको बताउछन् । नेकपा (एकीकृत समाजवादी)को उम्मेदवार भएपनि काँग्रेसँग गठबन्धन भएकाले उनलको चुनाव चिन्हपनि रुख नै रहेको छ ।

वडाबासीले आफूलाई लामो समयदेखि नै स्पष्ट र निडर व्यक्ति भएकाले आफ्नो पक्षमा अत्याधिक मतका साथ विजयी हुने दावी गरे ।

उनी कार्य कुशलताप्रति निकै माहिर रहेको स्थानीय कार्यकर्ताहरु बताउछन् । उनलाई स्थानी स्तरमा भारी समर्थन छ ।

यदी विजयी भएको अवस्थामा आफू वडाबासीको सेवामा कुनै पनि कसुर नराखी खटिजे दाबी गरे ।

‘मलाई आउदो निर्वाचनमा सदस्यमा यहाँका दाजुभाइ दिदी बहिनी आमाबुबाले सबैले त्यो पार्टी यो पार्टीगत भन्दापनि क्षमता र योग्यताको आधारमा मलाई अत्याधि मत दिनुहुनेछ, र जिताउनु हुनेछ भन्नेमा विश्वास छ,’ उनले भने ।

उनले ठूला ठूला सपना देखाएर जनतालाई महत्वकांक्षी बनाउनु पूरा नगराउनु भन्दा दैनिक जीवनसँग प्रत्यक्ष प्रभाव रहने स-साना विषयको पूर्ति गर्नु ठूलोकुरा रहेको बताए ।

आफूले उल्लेख गरेका विषयहरु वडाभित्रै उपलब्ध स्रोत, साधन र जनशक्ति र केन्द्रको समोन्वयगत योगदान भए कुनै समस्याविन गर्न सकिने विकासहरु भएको उनको दाबी छ ।