- सुमन आचार्य
आठराई, २० बैशाख । आठराई गाउँपालका वडा – ६ का अध्यक्षका उम्मेदवार कृष्णप्रसाद बाँस्कोटाले आफू जनताको शोषक नभइ सेवक भएर काम गर्न उम्मेदवारी दिएको बताएका छन् ।
मंगलबार चुहानडाँडा हिलेस्थित चुनावी अभियान अन्तर्गत घरदैलो कार्यक्रमका क्रममा बोल्दै उनले नेतृत्वमा गएर जनताको सेवाका लागि कुनै कसुर बाँकी नराख्ने जिकिर गरे ।
उनले आफ्नो प्रत्यक्ष सेवा चाहने चुहानडाँडाबासीले आफूलाई मतदान गर्नुपर्ने बताएका छन् ।
आठराईका लोकप्रिय नेताको रुपमा परीचित नेता बाँस्कोटा नेपाली काँग्रे प्रदेशसभा (ख) सचिवसमेत रहेका हुन् । विद्यार्थी राजनीतिबाट उदाएका उनी मासिक ५० हजारको जागिर छोडेर साजिक सेवाको लागि राजनीतिमा आएको बताउछन् ।
आठराई गाउँपालिका वडा ६ मा नेपाली काँग्रेस र नेकपा (एकीकृत समाजवादी)को गठबन्धन रहेको छ ।