काँग्रेस चितवनमा भाडभैलो: कार्यकर्ताद्वारा पार्टी कार्यालय तोडफोड, झण्डा र कुर्सी फ्याँके

भरतपुर, २१ बैशाख । नेपाली काँग्रेसका कार्यकर्ताहरुल चितवनमा पार्टीको वडा कार्यालय तोडफोड गरेका छन् ।

उम्मेदवारको टिकट खासिएको भन्दै काँग्रेस कार्यकर्ताहरु भेला भएर पार्टीको कार्यालय नै तोडफोड गरेका हुुन् ।

चितवनको रत्ननगरमा सत्ता गठबन्धनले भागबन्डा मिलाउन वडाध्यक्ष उम्मेदवारको टिकट खोसिएको छ । कांग्रेस नगर सचिवसमेत रहेकी वडा नम्बर १२ की उम्मेदवार अनिता अर्यालको टिकट खोसेर माओवादी केन्द्रलाई दिएपछि कांग्रेस कार्यकर्ताहरु आक्रोसित भएका हुन् ।

कार्यकर्ताहरुले पार्टी कार्यालय तोडफोड गरी कार्यालयमा रहेका कुर्सी, टेबल तथा पार्टीको झण्डा सडकमा फ्याँकेका छन्।

उनीहरुले पार्टीको वडा कार्यालय तोडफोड गरेर तालाबन्दी समेत गरेका हुन् । पहिले उम्मेदवारलाई टिकट दिने चुनाव प्रचारप्रसार पनि गर्ने अनि अन्तिममा खोसेर माओवादीलाई दिने भन्दै कार्यकर्ताहर आक्रोशित बनेका छन् ।

गठबन्धनले अहिले अर्यालको ठाउँमा माओवादी केन्द्रका सुन्दरमणि सुवेदीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।