भरतपुर, २१ बैशाख । चितवनमा गठबन्धनबिरुद्ध उम्मेदवारी दिएर कारवाहीमा परेका जगन्नाथ पौडेलले मतको बाकस साँट्ने योजना भइरहेको रहस्य खुलाएका छन् ।
उनले आउदो निर्वाचनमा काँग्रेस माओवादी मिलेर भरतपुरको मतको बासक साट्ने योजना भइरहेको बताए ।
बुधबार चुनावी सभालाई सम्बोधन गदै पौडेलले माओवादीको हसिया हथौडाकोबिरुद्धमा उम्मेदवारी दिँदा आफू कसरी बागए भएको भन्दै काँग्रेस नेतृत्वलाई प्रश्न गरे ।
‘हसिया हथौडाको बिरुद्धमा उम्मेदवारी दिने जगन्नाथ पौडेल बागी हुन्छ ? आफू काँग्रेस काँग्रेस भन्ने अनी माओवादीलाई भोट हाल्न लगाउने ? म यो प्रश्न शेरबहादुर देउवा जीलाई सोध्न चाहन्छु,’ उनले भने, ‘काँग्रेसको नियामावलीले त्यो भन्छ ? चितवनको काँग्रेले त्यो मान्दैन।’
उनले आफ्नो सदस्यता खोसिएकोबिरुद्धमा सर्वोच्च जानेसमेत चेतावनी दिएका छन् । उनले श्रीमतिलाई टिकट दिलाउने, छोरीलाई मेयर बनाउने, ज्वाइलाई टिकट दिलाउने र भतिजालाई राजदूत बनाउने नेतृत्वको यो खेल अति भएको उनले आरोप लगाए ।
उनले चितवन बासीले हसिया हथौडामा भोट नहाल्ने जिकिर गरे । आफू अझै काँग्रेसकै उम्मेदवार भएको दावी गर्दै चितवनका कार्यकर्ताले भूँइकटहरमै भोट हाल्ने उनले जिकिर गरेका छन् ।