रेनु दाहाललाई भोट माग्न तयार बनाइएको भरतपुरको मञ्च वर्षाले क्षतविक्षत, यो के को लक्षण ?

भरतपुर, २२ बैशाख । चितवनमा आयोजना हुन लागेको सत्ता गठबन्धनको आमसभा प्रभावित हुने देखिएको छ ।

स्थानीय तहको निर्वाचन लक्षित कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा बुधबार नै भरतपुर पुगिसकेका छन् । तर काँग्रेस र माओवादी केन्द्रले आमसभाका लागि तयार गरेको कार्यक्रम मञ्च तथा कार्यक्रम स्थलमा पानीले भरिभराउ भएको छ ।

जसका कारण कार्यक्रमक स्टेज, मञ्च तथा स्थलहरु पूर्ण रुपले क्षतविक्षतको अवस्थामा पगेको छ । यहाँ आज मरतपुर महानगरेका साझा उम्मेदवार रेनु दाहाललाई भोट माग्नका लागि शेरबहादुर देउवा, माओावादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एस अध्यक्ष माधवकुमार नेपाल, नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरुको सम्बोधन रहने जनाइएको छ ।