अध्यक्ष ओली र उपाध्यक्ष नेम्वाङद्वारा किरात धर्मगुरु आत्मनन्द लिङ्देनबाट आशिर्वाद ग्रहण

इलाम, २२ बैशाख । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (एमाले) उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले किराँत धर्मगुरु आत्मानन्द लिङ्देनमार्फत आर्शिवाद लिएका छन् ।

बुभबार पूर्वी जिल्लाहरु झापा र इलामका विभिन्न स्थानको एमाले सभालाई सम्बोधन गर्न गएका बेला उनीहरुले गुरु लिङ्देनमार्फत आशिर्वाद लिएको बताइएको छ ।

उनीहरुले झापा र इलामको कार्यक्रमलाई सम्बोधन गर्नु अघि नै लारुम्बास्थित माङ्सेबुङ पुगेर गुरुलाई भेटेका हुन् ।

किरात धर्मालम्बीहरुको आस्थाको केन्द्रसमेत रहेको माङ्सेबुङमा विगतमा राष्ट्रपति विद्यादेवी भण्डारी लगायत पार्टीको उच्च नेताहरुसमेत माङ्सेवुङ आउने गरेका छन् ।

पछिल्लो समय किरात धर्मका प्रवद्र्धकसमेत रहनुभएका फाल्गुनन्द लिङ्देनको जन्मजयन्तीको अवसरमा सरकारले विदा दिने गरेको छ ।

आन्मनन्द लिङ्देनलाई किराँत धर्म दर्शनका व्याख्याता तथा बिसौं शताब्दीका महान सुधार मुहिगुम अङसीमाङ फाल्गुनन्द लिङ्देनको पुनः अवतारका रुपमा किरातीहरुले मान्दै आएका छन् ।

पूर्वी पहाडी जिल्लाका साथै झापा, मोरङ, र सुनसरीमा समेत ठूलो मात्रामा किरात धर्मका अनुयायीहरु रहेका छन् ।