यही हो रेनु दाहालको बिकास ? भ्रममा नपरौँ !

भरतपुर, २२ बैशाख । यही हो त भरतपुरमा रेनु दाहालको बिकास रु झरि पर्दैमा मुख्य स्थानमा यस्तो विचित्र हुने ? यो हो नेकपा एमाले कार्यकर्ताहरुको प्रश्न । बिहीबार सत्ता गठबन्धनका शीर्ष नेताहरुको सम्बोधन भरतपुर महानगरपालिकामा तोकिएको थियो । विभिन्न कार्यक्रमहरु सकेर बुधबार नै काँग्रेस सभापति समेत रहो प्रधानमनन्त्री शेरबहादुर देउवा चितवन आइपुगिसेको थिए ।

त्यहाँ बिहीबार देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव कुमार नेपालको चुनावी सम्बोधन गर्ने कार्यक्रम थियो । जसका लागि भरतपुरमा नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) लगायतका कार्यकर्ताहरुले बुधबार नै विशाल जनसभाका लागि विशानल मञ्च बनाएका थिए ।

उनीरुले सजिसजावटका साथ भब्य मञ्च तयार गरे । तर बुधबार बेलुकाको भारी वर्षाले उक्त मञ्च क्षतविक्षत अवस्थामा परिदियो । त्यति मात्रै नभइ त्यहाँ आसपासका क्षेत्रहरु हिलाम्य र रहिनसक्नु अवस्थामा पुर्याइदियो ।

यहाँ एक ठूलो कार्यक्रमको आयोजनाका लागि भौतिक पूर्वाधार र अन्य सुरक्षित व्यवस्थाका लागि पूर्वाधार नुहनु वा नबन्नुले ५ वर्ष कार्यकाल पूरा गरेर पुन मेयरमा उम्मेदवारी दिएका रेनु दाहाललाई नै जिस्काइरहेको एमाले नेता कार्यकर्ताहरुले टिप्पणी गर्न थालेका छन् ।