सुर्खेतको चिङ्गाडमा टुट्यो काँग्रेस-माओवादी केन्द्रको गठबन्धन

सुर्खेत, २२ बैशाख । सुर्खेतको चिङ्गाड गाउँपालिका गठबन्धन टुटेको छ । यसघि यस गाँउपालिकाम केन्द्रको निर्णय अनुसार नै गठबन्धन गर्ने तय भएको थियो । सो अनुसार नै नेपाली काँग्रेस–माओवादी केन्द्र लगायतका पाँच दलको गठबनधन निश्चय भएको थियो । तर अन्त्यमा प्रमुख दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच भागबण्डा नमिल्दा गठबन्धन टुटेको छ ।

माओवादी केन्द्रले बुधबार एक विज्ञप्ति जारी गर्दै कांग्रेसलाई आफूहरु मत नदिने जनाएको छ । माओवादी केन्द्रले आफूहरलाई सहमति अनुसार भागबण्डा नदिएको भन्दै धोका दिएको आरोप लगाएको छ ।

उक्त विज्ञप्तिमा नेपाली काँग्रेससँग तालमेल गर्ने च्याप्टर बन्द नै भइसकेको उल्लेख गरिएको छ । पहिलेको सहमतिमा चिङ्गाड गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेपाली कांग्रेसलाई दिने र माओवादीतर्फबाट विजयी दुई वडासहित एमालेले जितेका वडाहरुमा माओवादीले दावी गरेको थियो । तर उक्त सहमतिविपरित नेपाली काँग्रेसले सबै वडामा उम्मेदवार खडा गरेपछि नेपाली काँग्रेस र माओवादी केन्द्रको गठबन्धन टुटेको हो ।