दैलेखमा गाउँपालिका कमिटीनै एमालेमा विलय, एमाले जिताउने सहमति

दैलेख, २२ बैशाख । दैलेख जिल्लाको एउटा गाउँपालिकाको कमिटी नै नेकपा एमालेमा प्रवेश गरेको छ । जिल्लाको ठाँटीकाँध गाउँपालिकाको समाजवादी कमिटी बुधबार एक कार्यक्रमकाबीच एमालेमा विलय भएको हो ।

स्थानीय तहको निर्वाचन मिति नजिकिँदै जाँदा यसरी नेता तथा कार्यकर्ताहरु एमालेमा प्रवेश गर्दा नेकपा एकीकृत समाजवादीलाई भने उम्मेदवार नै नपाउने स्थिती भएको छ ।

गाउँपालिका कमिटी नै नेकपा एमाले प्रवेश गरेपछि नेकपा ९एस० अध्यक्ष नारायणप्रसाद जैसी र नेकपा एमाले गाउँपालिका कमिटी अध्यक्ष कुमारविक्रम शाहीले संयुक्त विज्ञप्तिसमेत जारी गरेका छन् ।

‘स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत नेकपा एसबाट उम्मेदवारी दिएका उम्मेदवारहरुको उम्मेदवारी निष्क्रिय रहने र नेकपा एमाले तर्फबाट उम्मेदवारी दिएका उम्मेदवारलाई विजयी गराउने र परीणाममुखी भूमिका निर्वाह गर्ने जानकारी गराउदै नेकपा एस नेकपा एमाले ठाँटीकाँध गाउँपालिका कमिटीमा पार्टी एकतासहित समाहित भएको छ,’ बिज्ञप्तिमा भनिएको छ ।