धनुषामा मेयरको उम्मेदवार नै एमाले प्रवेश, नेकपा एकीकृत समाजवादी जिल्ल !

धनुषा, २२ बैशाख । धनुषामा नेकपा एकीकृत समाजवादीका उम्मेदवार एमाले प्रवेश गरेका छन् । जिल्लाको सबैला नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका नेकपा एस नेता राजु गुप्ताले पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेका हुन् ।

उनी मेयर पदका आकांक्षी थिए । उनले गत बुधबार उम्मेदवारी मनोनयनसमेत गरेका थिए ।

उनले पार्टी प्रवेश गर्दै एमालेबाट सबैला नगरपालिकामा उम्मेदवारी दिएका धनुषा एमालेका जिल्ला अध्यक्ष समेत रहेका राजकिशोर यादवलाई समर्थन गरेको उल्लेख गरे ।

उनले सम्पूर्ण कार्यकर्ताको सल्लाह, सुझाव र विचार बुझेरै एमालेमा फर्किएको बताएका छन् ।