रुकुम पश्चिम, २३ बैशाख । रुकुम पश्चिममा गठबन्धन भित्रकै दलका कार्यकर्ताहरुबीच झडप भएको छ ।
बिहीबार सत्ता गठबन्धनका दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताबीच झ-डप भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार विहीबार वाईसीएल र तरूण दलका कार्यकर्ताबीच झ-डप हुँदा काँग्रेसका ८ कार्यकर्ता घाइते भएका छन् ।
काँग्रेसका ८ घाइतेमध्ये ६ जनाको जिल्ला अस्पताल सल्लेमा उपचार भरहेको छ प्रहरीजे जनाएको छ । त्यस्तै २ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घाइते हुनेहरुमा ३१ वर्षीय कृष्ण पुन, २९ वर्षीय वीरबहादुर ओली, १७ वर्षीय दूर्गाबहादुर ओली, ४७ वर्षीय वीरबहादुर ओली, ३० वर्षीय चित्रबहादुर खड्का, २६ वर्षीय झुपलाल वली, २३ वर्षीय नविन खड्कालगायत घाइते भएका हुन् ।
कांग्रेसनिकट नेपाल तरूण दलका कार्यकर्ता प्रहरी चौकीभित्र रहेको भन्दै वाईसीएलले चौकीसमेत तोडफोड गरेको बताइएको छ ।
माओवादी कार्यकर्ताहरुले नेपाली कांग्रेसको तर्फबाट अध्यक्षको पदका उम्मदेवार रहेका अमरसिं खड्काले प्रयोग गर्दै आएको रा१च १२६२ नम्बरको जिपमा समेत आ-क्रमण गरेको प्रहरीले जनाएको छ ।