फालेलुङमा गठबन्धनप्रति असन्तुष्टि जनाउदै माओवादी र लिम्बूवानका १०० जना एमाले प्रवेश (पत्रसहित)

पाँचथर, २३ बैशाख । पाँचथरमा विभिन्न पार्टी परित्याग गरि सयभन्दा बढी नतो तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

जिल्लाका फालेलुङ गाउँपालिका – ८ मा सत्तारुढ गठबन्धनप्रति असन्तुष्टि जनाउँदै माओवादी केन्द्र र केन्द्रसम्वद्ध लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाका नेताहरु एमालेमा प्रवेश गरेका हुन् ।

एमाले प्रवेश गर्नेहरुमा माओवादी केन्द्र फालेलुङ गाउँपालिका कमिटीका सदस्य एवम् स्थानीय समाजसेवी भगिरथ केरुङको नेतृत्वमा लिम्बु विद्यार्थी मञ्चका पूर्व केन्द्रीय अध्यक्ष इन्द्र हाङसरुम्बा, सशस्त्र जनयुद्धका कमाण्डरहरु फिपराज ताम्लिङ, असुनी जबेगू, अर्जुन केरुङ, डम्बर केरुङ लगायतले माओवादी केन्द्र परित्याग गर्दै एमालेमा प्रवेश गरेका हुन् ।

गठबन्धनका नाममा आफूखुशी निर्णय गराउने, आफ्नो ब्यक्तिगत स्वार्थ पूर्ती गर्दै कार्यकर्तालाई वेवास्ता गर्ने, भ्रष्टाचार र मनोमानी गर्ने प्रवृत्ति मौलाएकाले तानाशाही प्रवृत्तिका विरुद्ध आफूहरुले विद्रोह गरेको हाङसरुम्बाले जानकारी दिएका छन् ।

(पत्रसहित)