सुर्खेतमा काँग्रेस र एमाले कार्यकर्ताबीच झ-डप, काँग्रसका उम्मेदवार घाइते

सुर्खेत, २३ बेशाख । सुर्खेत जिल्लाको सिम्ता गाउँपालकामा नेपाली काँग्रेस र नकपा एमालेका कार्यकर्ताहरुबीच झ-डप भएको छ ।

गाउँपालिकाको वडा –६ बादेपिपलमा विहीबार राति करिव ११ बजेतिर झ-डाप भएको प्रहरीले जनाएको छ । झ-डपमा परि सिम्ला गाउँपालिका–५ का नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवार उपेन्द्रसिंह घाइते भउका छन् । त्यस्तैगरी उनका एक समर्थक पनि घाइते भएको प्रहरीले जनाएको छ ।

राति दुई समूहबीच झ-गडा हुँदा प्रहरीले अश्रु ग्याँससमेत फायर गर्नुपरेको थियो । अहिले घटना साम्य भइसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।