काठमाडौं, २३ बैशाख । नेकपा (एकीकृत समाजवादी)का सम्मानीत नेता झलनाथ खनालले आफूहरु वृद्धभत्ताको व्यवस्था गर्ने पार्टीको उत्तराधिकारी भएको दावी गरेका छन् ।
एक भिडियो सन्देश जारी गर्दै उनले भोट माग्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले कम्युनिष्टहरुले ६० वर्षभन्दा माथिका मानिसहरुलाई गोली हान्छन् भन्ने हल्ला र भ्रम छरिएको तर तत्कालीन समयमा वृद्धभत्ता दिलाउने मनमोहन अधिकारीको पार्टीको उत्तराधिका रुपमा आफूहरु रहेको दावी गरेका छन् ।
‘कम्युनिष्ट पार्टीको सरकार बन्यो भने ६० वर्षभन्दा माथिकालाई गोली हान्छ भनेर विरोधीले प्रचार गर्ने गर्थे। तर, मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा वृद्धभत्ताको व्यवस्था गर्यौं। त्यो अगाडि सार्ने पार्टीको उत्तराधिकारी हामी हौँ,’ उनले भनेका छन् ।
ज्येष्ठ नागरिकको सम्मान र हक अधिकारलाई स्थापित गर्ने, ‘आफ्नो गाउँ, आफैं बनाऔं’ अभियान, वृद्धभत्ताको सुरुवात, ९ ‘स’ को विकासको कार्यक्रमहरुको सुरुवात आफूहरुले नै गरेको दावी नेता खनालले गरेका छन् ।