मुलुकलाई सुरुङ युगमा अगाडी बढाउने पार्टी नेकपा (एस) हो : झलनाथ खनाल

काठमाडौं, २३ बैशाख । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले मुलुकलाई सुरुङ युगमा अगाडी बढाउने पार्टी नेकपा (एकीकृत समाजवादी) भएको दावी गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले आगामी निर्वाचनका भिडियो मार्फत भोट माग्दै उनले मुलुकलाई सुरुङ मार्गको युगमा लैजाने र देशलाई आत्मनिर्भरतातर्फ अग्रसर हहुन पहल गर्ने पार्टी नेकपा एस भएको दावी गरेका हुन् ।

उनले भनेका छन्, देशलाई सुरुङ युगमा अगाडि बढाउने पार्टी, देशलाई आत्मनिर्भरतातर्फ अग्रसर गराउन पहलकदमी गर्ने पनि नेकपा (एकीकृत समाजवादी) पार्टी नै हो।’ उनले आफूहरु वृद्धा भत्ता दिलाउने नेताको मनमोहन अधिकारीको उत्तरारधिकारीसमेत भएको बताएका छन् ।