एमालेलाई भोट दिन्छु भन्दा माओवादी कार्यकर्ताले कुटे शिक्षक, झारिदिए दाँत

रुकुम, २४ बैशाख ।  नेकपा (माओवादी केन्द्र)का कार्यकर्तामाथि शिक्षक माथि  हातपात गरेको आरोप लागेको छ ।

शुक्रबार एमाले निकट एक शिक्षकलाई दाँतै झर्ने गरी हातपात गरेको एमाले जनाएको छ । रुकुमको त्रिवेणी गाउँपालिका–८ का ३९ वर्षीय लोकबहादुर खड्कालाई माओवादी केन्द्रले दाँत झर्नेगरी हातपात गरेका हुन् ।

जिल्ला प्रहरी कर्यालय रुकुमले दिएको जानकारी अनुसार स्थानीय शुभप्रभात आधारभूत विद्यालयमा कार्यरत खड्काको कान, नाक र मुखमा चोट लागेको छ।

उनलाई वाईसीएल कार्यकर्ताको मुक्का प्रहार गर्दा दाँतसमेत झरेको प्रहरीको भनाइ छ ।

माओवादीलाई भोट दिन्न कांग्रेस र एमालेको गठबन्धनलाई भोट दिन्छु भनेपछि उनीमाथि वाइसीएलका कार्यकर्ताले हातपात गरेको जनाइएको छ ।

रुकुम पश्चिममा एमाले र काँग्रेको तालमेल रहेको छ भने माओवादी केन्द्र एक्लै छ ।मुलुकभर स्थानीय तहको निर्वाचन नजिकिँदा विभिन्न दलका कार्यकताहरुबीच झडाप भइरहेका छन् ।