झापा, २४ बैशाख । । नेकपा एमालेबाट दमक नागरपालिका मेयरकी उम्मेदवरा गीता अधिकारीले यहाँ आउनेहरुले आहा कस्तो राम्रो सडक भन्नेगरी काम गर्ने जिकिर गरेकी छन् ।
उनले एक समाचार माध्यमलाई अन्तवार्ता दिँदै दमकका बाटाघाटाहरु तथा यहाँका पूर्वाधारहरुलाई चुस्त दुरुस्त र सुन्दर बनाउने काम आफू मेयरमा आएपछिको भएको दाबी गरेकी छन् ।
‘दमकको पूर्वधारका क्षेत्रहरु बाटाघाटाका कुराहरु, दमक आउँदा आहा यहा कति राम्रो तथा सफा सडक भन्ने गरी काम गर्नेछौं,’ उनले भने भनेकी छन्, ‘फोहरमैलाको व्यवस्थापन अझै अपूरै छ । त्यसलाई पूर्णता दिनेछौं । बाटाघाटा सबै कालोपत्रे गर्नु छ।’
मेयर प्रत्यासी अधिकारीले वडाहरुमा सबैतिर कालोपत्रे भई नसकेको अवस्था रहेकाले त्यसतर्फ पनि ध्यान दिने बताएकी छन् ।
उनले भनिन– ‘कालोपत्रे सबैतिर भएका छैनन । त्यो गर्नुछ । बिजुली र खानेपानी पुर्याउनु छ । यी सबै कामहरु म मेयर भएपछि तत्काल हुनेछन्।’
झापाको दमक नगरपालिका एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगर हो । यहाँ नेकपा एमाले एक्लै चुनावी मैदानमा रहेको छ । त्यस्ते विपक्षमा राप्रपासहित ५ दलिय गठबन्धनको तालमेल छ । विपक्षमा मेयरका प्रत्यासी राप्रपाका राम थापा रहेका छन् ।