सक्रान्तिबजार, २४ बैशाख । स्थानीय तहको निर्वाचन नजिकिएसँगै घरदैलो कार्यक्रमका क्रममा संक्रान्तिबजारमा २१ जना एमालेका सक्रिय कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
उनीहरु शनिबार घरदैलो कार्यक्रमका क्रममा एमाले परित्याग गरि काँग्रसमा प्रवेश गरेका हुन् ।
चुनावी सभा अन्तर्गत आठराई गाउँपालिका वडा न १ संक्रान्तीको डाडागाउँमा आज गठबन्धनको चुनावी आमसभा कार्यक्रम सम्पन भएको छ ।
सोही क्रममा गठबन्धनका साझा उम्मेदवार लाई अत्यधिक बहुमतले बिजय गराउन भन्दै उनीहरु काँग्रेस प्रवेश गरेका हुन् ।