मेरा बाबाले धम्की दिनु भएको होइन सचेत गराउनु भएको हो : रेनु दाहाल

काठमाडौं, २५ बैशाख । भरतपुर महानगरपालिकाकी मेयर उम्मेदवार रेनु दाहालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धम्की नदिएको बरु सचेत गराएको जिकिर गरेकी छन् ।

प्रचण्डकी छोरीसमेत रहेकी उनले चितवनमै भएको चुनावी सम्बोधनका क्रममा दिएको अभिव्यक्तिको विषयमा यस्तो बताएकी हुन् ।

अध्यक्ष प्रचण्डले उक्त कार्यक्रममा रेनु दाहालले मेयर नजिते देश दुर्घटनामा जाने दावी गर्दै गठबन्धनप्रति सबै दलहरु गम्भीर हुनुपर्ने चेतावनी दिएका थिए ।

सोही विषयमा चुनावी घरदैलोका क्रममा प्रचण्डको अभिव्यक्तिबारे रेनुलाई प्रश्न सोधिएको थियो । सो क्रममा उनले भनिन् न्, ‘उहाँले त्यसरी भन्न खोज्नु भएको थिएन् । त्यसलाई गतल अर्थ लगाइयो । त्यसलाई अलि अपव्याख्या गरियो । उहाँले एकदम सकरात्मक सोचका साथ भन्न खोज्नु भएको हो ।’