प्रचण्डको अभिव्यक्तिप्रति निर्वाचन आयोगले थाल्यो अनुसन्धान

काठमाडौं, २५ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति निर्वाचन आयोगले छानविन थालेको छ । भरतपुर महानगरपालिकामा रेनु दाहाल निर्वाचित नभए देश दुर्घटनामा जान्छ भन्ने उनको भनाइप्रति आयोगले छानविन थालेको हो ।

नेकपा एमालेले उनको भनाइपछि प्रश्न गर्दै आयोगमा उजुरी दिएको बताइएको छ । उक्त उजुरीपछि छानविन थालिएको आयोगले जनाएको छ ।

आफ्नो उम्मेदवारले नजिते देश दुर्घटनामा भन्नु प्रत्यक्ष वा परोक्ष रुपमा धम्की भएको एमालेको बुझाइ छ । उनको भनाइलाई एमालेले मतदातालाई धम्क्याएको भन्दै टिप्पणी गरिरहेको छ ।

अहिले आयोवगको टोलीले प्रमाण जुटाई अनुसन्धान थालेको थालेको र बेलुकासम्ममा निष्कर्षमा पुग्ने जनाइएको छ ।