बिर्तामोड, २५ बैशाख । जनता समाजवादी पार्टी (जसपा) अर्जुनधारा नगर युवा अध्यक्ष सुशील कन्दङ्वाले खेलाडीहरुलाई जर्सी तथा फुटबल वितरण गरेका छन् ।
अध्यक्ष कन्दङ्वाले अर्जुनधारा – ११ बसपार्कका १८ बर्ष मुनिका फुटबल खेलाडीहरुलाई जनही एक\एक थान पुग्नेगरी १३ सेट जार्सी र एक थान फुटबल सहयोग गरेको हुन् ।
उनले आइतबार एक कार्यक्रमकाबीच उक्त सामग्री वितरण गरेका हुन् । खेलाडीको हौसला बढाउनका लागि आफूले जर्सी र फुटबल बितरण गरेको अध्यक्ष कन्दङ्वाले बताए ।
आफूपनि फुटबल प्रेमी भएकोले आफ्नो ठाउँका युवाहरु व्यर्थमा समय खेर फाल्नुभन्दा फुटबल खेलमा व्यस्त भए भोलिको दिनमा अर्जुनधाराबाट ११ बाट राम्रो खेलाडी उत्पादन हुनसक्ने अध्यक्ष कन्दङ्वाले बताए ।
‘म पनि फुटबल प्रेमी हुँ । युवाहरु व्यर्थमा समय खेरा फालिरहेका हुन्छन् । तर त्यसको साटो फुटबलमा ध्यान केन्द्रीत भए भोलिका दिनमा यहाँबाट राम्रो खेलाडी उत्पादन हुन सक्छन्,’ उनले भने, ‘त्यति मात्रै नभइ नियमित खेलकुदमा सहभागी भए स्वस्थ पनि रहन सकिन्छ।’
वडामा राम्रो सम्भावना भएका खेलाडी भाइहरु भएपनि सम्बन्धित निकायले त्यति चासो नदिएको उनले बताए । उनले अर्जुनधारा नगरापालिकाले वडामा राम्रो खेलमैदान व्यवस्था गर्नुपर्नेसमेत माग राखेका छन् ।
तेह्रथुम आठराई चुहानडाँडामा जन्मिएकाा अध्यक्ष कन्दङ्वा सानै देखि खेलकुदमा रुची राख्ने व्यक्ति हुन् । उनी विद्यालयतहका प्रतियोगिताहरुमा पनि सहभागी हुन्थे । जिल्लास्तरिय राष्ट्रपति रनिङ सिल्डमा उनले एक पटक शारदा मावि चुहानडाँडाको प्रतिनिधित्व गर्दै जिल्ला स्तरसम्म प्रतिस्पर्धा गरेका थिए ।
समाचार सामग्री : कृष्ण कन्दङ्वा