प्रचण्डले काँग्रेसलाई मेरो छोरी जिताइ दिनु, म २० वर्ष पुच्छर बन्छु भने : बादल

काठमाडौं, २५ बैशाख । नेकपा एमाले उपाध्यक्ष रामबहादुर थापा बादलले माओवादी केन्द्र बामपन्थी शक्ति प्रतिगामीको हिस्सा र गुटमा बदलिएको टिप्पणी गरेका छन् ।

साथै उनले माओवादी नेपाली कांग्रेसको पुच्छर बनेको आरोपसमेत लागएका छन् । उनले आइतबार भरतपुरमा आयोजना भएको एमालेको चुनावी सभालाई सम्बोधन गर्दै यस्तो बताएक हुन् ।

उनले रेनुलाई जिताए २० वर्ष काँग्रेसको अंग बन्ने बताएको भन्दै माओवादी केन्द्रको कटाक्ष गरे । उपाध्यक्ष बादलले रेनु दाहालको अब दुखान्त फिल्म मात्रै हुने टिप्पणीसमेत गरेका थिए ।