प्रचण्डको चट्टानी अडान र माधवको गेम चेन्जर हैसियत कहिल्यै भुल्नु हुँदैन: सहमहामन्त्री आङ्देम्बे

पाँचथर, २६ बैशाख । नेपाली काँग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले प्रचण्डको चट्टानी अडान र माधव नेपालको गेम चेन्जर नेकपा (एकीकृत समाजवादी) पार्टीका कारण ६३ सीट भएको काँग्रेसका सभापति मुलुकको प्रधानमन्त्री भएको बताएका छन् ।

चुनावी धरदैलो कार्यक्रमका क्रममा गृहजिल्ला आएका उनले नेपाली काँग्रेसले खोला तरेर लौरो विर्सनु नहुने बताए ।

उनले गठबन्धनका जो जो उम्मेदवार छन् उनीहरुलाई भोट दिएर जीताउन आग्रहसमेत गरेका थिए । उनले नेकपा एकीकृत समाजवादीले खेलेको भूमिका इतिहासमा कहिल्यै बिर्सिन नहुने उल्लेख गरे ।

उनले भने, ‘एकीकृत समाजवादी पार्टी गेम चेन्जर पार्टी हो । यहाँ सानो देखियो होला । तर हामी ६३ सीट भएको काँग्रेसलाई प्रधानमन्त्री दिलायो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केपी ओलीसँग भीड्ने अडान राखे । त्यसकारण यो सम्भव भयो । यसलाई हामीले कहिल्यौ विर्सिनु हुँदैन । खोला तरेर लाठी बिर्सिनु हुँदैन ।’