काठमाडौं मै माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवारसहित २४ जना एमालेमा प्रवेश

काठमाडौं, २६ बैशाख । काठमाडौं महानगरपालिकामा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारसहित २४ जना एमालेमा प्रवेश गरेका छन् ।

महानगरपालिका वडा २४ का अध्यक्षका उम्मेदवार राजेन्द्र श्रेष्ठ एमाले प्रवेश गरेका हुन्। उनलाई नेकपा एमालेले आजै पार्टीमा स्वागत गरेको छ । पार्टी प्रवेश गरेपछि श्रेष्ठले माओवादी केन्द्रमा नातावाद र कृपावाद प्रवृत्ति भएको आरोपल लगाए ।

उनले उम्मेदवार चयनमा मात्रै नभइ चुनावी अभियानमा पनि नातावादलाई प्राथमिकता टिप्पणी गरे ।