काठमाडौं, २० मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मिडियाले जस नदिएको आरोप लगाएका छन् ।
सोमबार मन्त्रालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्वार्थ पूरा नगरिदिँदा आफूलाई मिडियाले खेदेको बताए ।
आफूले राम्रो काम गर्दा पनि जस नपाएको गुनासो गरे । ‘राम्रो काम गर्दा गर्दै पनि अहिले कता कता, कतिपय मानिसहरूले उनीहरूको व्यक्तिगत स्वार्थअनुसार काम नहुँदा विभिन्न मिडियामा देखाउने कामहरू गरिरहेका छन्,’ उनले भने, ‘त्यसमा मैले भन्नुपर्ने केही छैन । त्यो त तपाईंहरू आफैंले पनि बुझ्न सक्नुहुन्छ,’ मन्त्री आलेले भने, ‘पत्रकार साथीहरू पनि यहीँ हुनुहुन्छ । म आइसकेपछि मैले गरेका कामहरू राम्रा कामहरूको राम्रो न्यूज दिनुहोला।’
उनले खराब काम गरे खराबै र नराम्रो काम गरे नराम्रै लेखिदिन उनले पत्रकारहरुसमक्ष आग्रह गरे । आफू राम्रो काम गर्नलाई नै आएको बताउँदै मन्त्रालयस सम्हाले देखिनै विकृति र खराब कामलाई सुधार्दै लैजानेगरी काम गरिरहेको पनि उनले दावी गरेका छन् ।
‘मबाट कहीँ कमीकमजोरी छ र सच्चिनुपर्नेछ भने त्यो पनि मलाई तपाईंहरूले आएर भन्नुस्, उनले भने तपाईंहरूको साथरसहयोगबिना म केही पनि गर्न सक्दिनँ ।’