चुहानडाँडाका सबै विद्यालयमा सडक पुर्याएर बाह्रै महिना चल्ने बनाउछु : कृष्णप्रसाद बास्कोटा

तेह्रथुम, २६ बैशाख । आठराई गाउँपालिका वडा ६ का बामलोकतान्त्रिक गठबन्धानतर्फका वडाध्यक्ष उम्मेदवार कृष्णप्रसाद बाँस्कोटाले वडाका सबै विद्यालयमा सडक पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाली काँग्रसका नेतासमेत रहेका उनले प्रतिबद्धता पत्र सार्वजनिक गर्दै विद्यालयमा पुगिसकेका सडकको स्तरोन्ति गरिने र नपुगेका विद्यालयमा तत्काल सडक निर्माण गरिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

त्यस्तैगरी चुहानडाँडा फाक्चुवा सडक कालोपत्रेगर्ने समेत उनले जानाएका छन् ।  चुहानडाँडा जीरोप्वाइन्ट-होडा-सडक कालोपत्रे गर्न पहल गर्ने, चुहानडााडा-फुङसिङ-याकुम्बा गडी सडक कालोपत्रे गर्ने, वडाका सबै सडक बाह्रै महिना संचालन योग्य बनाउन पहल गर्ने उनको प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

बाम लोकतानत्रिक गठबन्धनका तर्फबाट वडा अध्यक्षमा बास्कोटा (काँग्रेस), सदस्यहरु ओमकुमार कन्दङ्वा नेकपा एकीकृत (समाजवादी) उदय कन्दङ्वा (काँग्रेस) र भमा वर्देवा (काँग्रेस) छन् । उता नेकपा माओवादी केन्द्रले भने एमालेसँग तालमेल गरेर आफ्नै उम्मेदवार खडा गरेको छ ।

प्रतिबद्धता पत्र

समाचार सामग्री : कृष्ण कन्दङ्वा