- सुमन आचार्य
तेह्रथुम, २६ बैशाख । आठराई गाउँपालिका अध्यक्षका उम्मेदवार दिलकुमार पाहिमले चुहानडाँडा एयरपोर्ट निर्माणका लागि नेपाल सरकारसामु पहल गर्ने जनाएका छन्।
नेपाली काँग्रेसका नेता समेत रहेका उनले पाँचदलीय गठबन्धनको नेतृत्व गर्दै आठराई गाउँपालिका अध्यक्षका लागि उम्मेदवारी दिएका छन् ।
उनले आफूलाई विजयी गराए चुहानडाँडाको एयरपोर्ट निर्माणका लागि बेजोडका साथ पहल गर्ने बताएका हुन् । उनले आफ्नो प्रतिबद्धता पत्रमा समेत यसलाई प्राथमिकतामा राखेका छन् ।
‘चुहानडाँडा विमानस्थलको निर्माण प्रक्रिया द्रुत गतिमा संचालन गर्नका लागि नेपाल सरकारसँग विशेष जोड दिनेछु,’ प्रतिबद्धता पत्रमा भनिएको छ ।
गठबन्धन रहेको आठराई गाउँपालिका अध्यक्षमा काँग्रेस नेता पाहिमको उम्मेदवारी छ भने उपाध्यक्षमा माओवादी केन्द्रका बलिराज लिम्बू उम्मेदवारी छ ।